काठमाडाैं । आज दिउसो एक बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।
अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।
FACEBOOK COMMENTS