काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक संसदमा विश्वासको मत माग्ने तमाशा अब संधैका लागि बन्द भएको बताएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै ओलीले भने,‘ पटकपटक संसदमा विश्वासको मत लिने र तमाशा देखाउने अब बन्ध्याकरण भयो, निराशा बेचेर जारी राख्ने राजनीति सधैंका लागि बन्द भयो ।’
अहिले प्रधानमन्त्रीकाे सम्बाेधन जारी छ । संसदकाे चाैथाे ठूलाे दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने १५ मिनेटका संसद बहिष्कार गरेकाे छ ।
FACEBOOK COMMENTS