काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक निर्धारित समय घर्केको दुई घण्टा बितिसक्दा पनि सुरु भएको छैन । बिहान ११ बजेदेखि बस्ने तय भएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो ।
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयको विरोधमा विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै विरोध गरिरहेका छन् ।
उनीहरूले हिजोको संसद्का दुवै सदनको बैठक चल्न दिएनन् भने यही अडान कायम राख्दै आजको राष्ट्रियसभा बैठकमा पनि अवरोध सिर्जना गरे, जसका कारण बैठक एक घण्टाका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीले भने हिजो एक सार्वजनिक कार्यक्रममा कुलमानको बर्खास्तीका विषयमा आफूले संसद्मा जवाफ दिन आवश्यक नरहेको बताइसकेका छन् ।
FACEBOOK COMMENTS