काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि सुरुमा आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्न फेरि बस्न सकेन । बैठक अब भोलि बुधबार बिहान ११ बजे बस्ने गरी सूचना टाँस गरेर स्थगित भएको छ ।
आज बैठक सुरु भएलगत्तै विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा माग्दै विरोध जनाएका थिए । उनीहरूले गृहमन्त्रीलाई कारबाहीको माग गर्दै नाराबाजीसमेत गरेका थिए ।
भिजिट भिसामा भएको मानव तस्करीमा गृहमन्त्री लेखकले आर्थिक लेनदेन गरेको आरोप लागेपछि उनको राजीनामा माग भएको हो । नेपाली कांग्रेसभित्रैबाट पनि उनको राजीनामका लागि दबाब बढ्दै गएको छ ।
FACEBOOK COMMENTS