काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
यसअघि बसेको बैठक विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए ।
त्यसपछि समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद सचिवालयले सूचना प्रकाशित गर्दै विशेष कारणले साढे ३ बजे बस्ने गरी सभामुखले निर्धारण गरेको जानकारी दिएको थियो ।
बिहीबारको बैठकमा बजेट प्रस्तुत हुने छ । गृहमन्त्रीको राजीनामाको माग गरेर संसद अवरुद्ध गरिरहेका विपक्षी दलहरू बजेट प्रस्तुत गर्न दिन भने सकारात्मक छन् ।
FACEBOOK COMMENTS