काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको केही बेरमै स्थगित भएको छ । सुरूमा बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ः३० बजेलाई सारिएको थियो । यद्यपि, सो समयमा पनि बैठक बसेन भने साँझ ५:३० बजे बसेको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको छ ।
आजको बैठक सुरू भएलगत्तै विपक्षी दलहरूले अवरोध गरेका थिए । यसअघि २० गते र २१ गतेका लागि डाकिएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।
भिजिट भिसामा हुने गरेको मानव तस्करीमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि उनको राजीनामा माग्दै विपक्षी दलहरूले संसद अवरोध गरिरहेका हुन् ।
FACEBOOK COMMENTS