काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने छ ।
भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामामा दलहरूबीच सहमति नभएकाले आजको बैठक अघि बढ्नेबारे अन्योलता कायमै छ ।
सहमति नजिक पुगेको भनिए पनि रास्वपा गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति गठनको आफ्नो अडानबाट पछि नहटेकाले संसदको अवरोध कायम रहने देखिएको छ ।
यद्यपि, दलहरूले छलफलका लागि समय मागेकाले सभामुखले मङ्गलबार बैठक नराखेर बुधबारसम्म सारेका थिए । तर, अहिलेसम्म ठोस सहमति नभएकाले आजको बैठकअघि छलफल हुन सक्ने बताइएको छ ।
FACEBOOK COMMENTS