काठमाडौँ । जेठ १३ गतेदेखि जारी संसदको अवरोध खुलाउने प्रयास जारी रहेको छ ।
आज ३ बजेका लागि बोलाइएको बैठकअघि विपक्षी दलहरु छलफलमा रहेका छन् । विपक्षी दलहरुको छलफल पछि सत्ता पक्षसँग छलफल हुने बताइएको छ ।
कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मोटामोटी सहमति भएको भए पनि रास्वपा आफ्नो अडानमा कायम रहेको बताइएको छ ।
रास्वपाले पाँच बुँदे प्रस्ताव ल्याएर त्यसमा आफ्नो अडान कायम राखेको छ ।
रास्वपाले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने, अख्तियारको क्षेत्रमाथि अतिक्रमण नगरेर भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न पाँच दिन भित्र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, समितिको कार्य क्षेत्र कार्यसम्पादन समिति गठन गर्ने, नैतिक हिसाबले गृहमन्त्री रमेश लेखकले राजीनामा दिने लगायतका प्रस्ताव ल्याएको छ ।
FACEBOOK COMMENTS