काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद बहिष्कार गरेको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्रीले आफ्ना कुरा नसुनेर बाहिरिएकाले आजको बैठक बहिष्कार गरेको जानकारी दिएका छन् ।
‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौँ तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन । बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो । तसर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं,’ उनले भने ।
स्मरणीय छ, रास्वपा स्वयंले संसद बैठकमा नाराबाजी गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न दिएन, तर आफ्नो कुरा सुनाउन नपाएको तर्क गर्नु अपरिपक्व राजनीति र गैरजिम्मेवार व्यवहारजस्तो देखिन्छ । रास्वपाको चर्को विरोधकै कारण आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाएको हो ।
रास्वपाका सांसदहरुले आज संसदमा कालो ड्रेस र निलो रिबन लगाएर संसदमा उपस्थित भएका थिए ।
रास्वपा र राप्रपाले तनाव सृजना गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सूचीबाट हटाइयो
FACEBOOK COMMENTS