काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने छ ।
आजको बैठकमा सहरी विकास मन्त्रालयसहितका मन्त्रालयको प्रश्नोत्तरको कार्यसूची छ ।
त्यस्तै, आजको बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
यसैगरी, आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यसूचीसमेत छ ।
प्रचण्डले समामयिक राजनीतिक विषयमा संसदमा बोल्ने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख विपक्षी दलकाे नेताका हैसियतले अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा बोल्न लागेकाले पार्टीका संसदहरूलाई अनिवार्य उपस्थित हुन आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS