काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।
समितिले बैठक आज अपराहन्न १२:१५ बजेदेखि सिंहदरवारस्थित संघीय संसद सचिवालयको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्ने जानकारी दिएको छ ।
बैठकमा समितिको आगामी कार्ययोजना बारे छलफल हुने कार्यसूची रहेको छ । समितिको सभापतिमा पूजा चौधरी निर्वाचित भएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।