अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै
कर्पोरट खबर
6:24 am, मंगलबार, जेठ १२, २०८३
- प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दैछ।
- बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति र चालु कार्यक्रमबारे छलफल हुनेछ।
काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।
बिहान ८ बजे बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।