काठमाडौं । आज सङ्घीय संसदका ६ समितिको बैठक बस्दै छन् ।
आज प्रतिनिधिसभाका अर्थ समिति, राज्यव्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्दै छन् ।
त्यस्तै, आज राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छन् ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले दिएको निवेदनउपर छलफल गर्ने तथा आर्थिक विधेयकले प्रस्ताव गरेका करसम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसमायिक छलफल गर्ने कार्यसूची छ ।
यता, बिहान ११ बजे बस्ने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ ।
त्यसैगरी, दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी–मरिन डाइभर्सनको कार्यप्रगतिबारे छलफल हुने कार्यसूची छ ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ ।
त्यस्तै, बिहान ११:१५ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बागमती प्रदेशस्थित दोलखा लगायतका क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा गर्ने कार्यसूची छ ।
बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवम् प्रतिवेदनको मस्यौदाउपर छलफल हुने कार्यसूची छ ।
FACEBOOK COMMENTS