काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदावर विजयी भएको छ । रास्वपा उम्मेदवार केपी खनाल १९ हजार ५७ मत पाउँदै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीले ११ हजार ९४९ मत पाए । यस्तै एमालेका सूर्यबहादुर थापाले सात हजार ८८६ र कांग्रेसका विजय स्वाँरले सात हजार २१३ मत पाए ।
२६ वर्षीय खनाल सरसफाइ अभियन्ताका रुपमा परिचित छन् । १७ वर्षको उमेरमै उनले क्लिन काष्ठमण्डप सरसफाइ अभियान सुरु गरेका थिए । उनलाई कान्छा सामाजिक अभियन्ताका रुपमा पनि चिनिन्छ ।
उनले काठमाडौंमा ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नारासहित क्लिन काष्ठमण्डप अभियानमार्फत सरसफाइ अभियान चलाएका थिए ।
राजनीतिक इतिहास र विरासतभन्दा पनि सामाजिक क्षेत्रकै क्रियाशीलता र योगदान देखाएर खनाल प्रतिनिधिसभा सदस्य चुनावमा होमिएका थिए ।

FACEBOOK COMMENTS