काठमाडौं । प्रतिनिधिसभाबाट पारित मिटरब्याजीलाई कारबाही गर्न कानुनी व्यवस्था गरिएको विधेयक आज (बिहीबार) राष्ट्रियसभामा टेबुल गरिने भएको छ ।
प्रतिनिधिसभाबाट सर्वसम्मत पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ आज राष्ट्रियसभा टेबुल गरिने भएको हो।
त्यसका लागि आज बिहान ११ बजेर १ मिनेटमा राष्ट्रियसभाको बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ।
हेर्नुहोस् आजको सम्भावित कार्यसूची–
FACEBOOK COMMENTS