संविधान दिवस भव्यताका साथ मनाउन पर्सा प्रशासनको अनुरोध
कर्पोरट खबर
9:22 pm, मंगलबार, भदौ ३०, २०८३
- पर्सा जिल्ला प्रशासन कार्यालयले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ (असोज २ र ३) भव्यताका साथ मनाउन सबै सरकारी कार्यालय र स्थानीय तहलाई पत्राचार गरेको छ।
- प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मूल समारोह समितिको निर्णय र गृह मन्त्रालयको पत्रका आधारमा जिल्लाभर दिवस मनाउने व्यवस्था मिलाइएको हो।
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ (असोज २ र ३ गते दुई दिनसम्म) भव्यताकासाथ मनाउन जिप्रकाले जिल्ला समन्वय समिति, पर्सा, सरकारी कार्यालय सबै, पर्सा र यस जिल्लाका सबै स्थानीय तहलाई आज पत्राचार गरेको छ ।
नेपाल राज्यभर भव्यताकासाथ मनाउने सन्दर्भमा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा भदौ २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले दिवसलाई देशैभरि भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।
दिवस भव्यताकासाथ मनाउने व्यवस्था मिलाउनु भनी गृह मन्त्रालय (मूल समारोह समितिको सचिवालय), सिंहदरबार, काठमाडौँको पत्रका आधारमा जिप्रकाले पर्साका विभिन्न निकायलाई अनुरोध गरेको हो ।