काठमाडौं । जनमत पार्टी विभाजन भएपछि अध्यक्ष सीके राउत सर्वोच्च अदालत पुगेका छन् । राउतले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् । बिहीबार दर्ता भएको रिटको पहिलो पेशी शुक्रबार तोकिएको छ ।
राउतले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाउदै अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउन अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । रिटमा उनले दल विभाजनको वैधानिक आधार नभएको र आयोगले दर्ता गराउन सक्ने भएकाले पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेका छन् ।
राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर एउटा पक्षले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । जनमतका उपाध्यक्ष दीपक साहको नेतृत्वमा ५२ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेको जनमतका करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
उनीहरुले आइतबार निर्वाचन अयोगमा पुगेर जनस्वराज नामको पार्टी दर्ता गर्न निवेदन दिए पनि सनाखत हुन भने बाँकी छ ।
FACEBOOK COMMENTS