काठमाडौं । मधुवन नगरपालिका – ८ बस्ने बल बहादुर थापा मगर र कर्नि कुमारी सिजाली मगरको जोडीले आफ्नो छोरा बिहान थापा मगरलाई पास्नीको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले भविष्यमा चाहिने पढाइ खर्चको व्यवस्थापनको लागि ५ लाखको जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।
उनले आफ्नो छोरा बिहान थापा मगरलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी भुरिगाउ शाखा कार्यालयकी अभिकर्ता (सिनियर ऐजेन्सि मेनेजर) प्रमिला ढकालको सहकार्यमा भुरिगाउ शाखाका शाखा प्रमुख मोहन बहादुर बोहराले घरमै गर्इ बीमा पोलिसी हस्तान्तरण गरेका थिए ।
हरेक आमा वुवाको सपना छोरा छोरीको उज्जवल भविष्य निर्माण गर्नु रहेकोले सोही निर्माण गर्ने क्रममा आर्थिक असहजता खेप्नु नपरोस भन्ने मुल्याङकन गरि पनि बच्चाहरुको बीमा बेलैमा गर्दा राम्रो हुने बल बहादुर थापा मगरले बताए ।
कम्पनीले सुबिधा सम्पन्न बीमा योजना रिलायबल सुलभ बाल जीवन बीमा प्लसमा बच्चाको बीमा गर्दा आमा अथवा बावुको लागि पनि अतिरिक्त लिन मिल्ने सुबिधाहरु रहेका छन् । जसमा घातक रोग सुबिधा, अशक्त अपागं भत्ता सुबिधा, साथै दुर्घटना मृत्युमा एकमुष्ठ इच्छ्याएको ब्यक्तिले पाउने सुबिधा छन् ।
पछिल्लो समय विवाह उत्सव होस् या जन्मजयन्ती या अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहनाले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको कम्पनीले जनाएको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको कम्पनीको भनाई छ ।
FACEBOOK COMMENTS