काठमाडौं । गायक पशुपति शर्माले कार दुर्घटनाको चोट समय रहेको बताएका छन् । शर्माले दुर्घटनामा देब्रे हातको औलामा सामान्य चोट लागेको बताएका छन् ।
बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा पोखराबाट वालिङ जानेक्रममा ग १ च ४१७१ नम्बरको कार दुर्घटनामा परेको थियो । उक्त कारमा पशुपतिसहित लोकगायक शिव हमाल र घनश्याम रिजाल पनि रहेका थिए ।
शर्माले देब्रे हातको कान्छी औंला भाँचिएको बताएका छन् भने उनले अब काठमाडौँ पुगेर यसको उपचार गर्ने संचारकर्मीहरुलाई बताएका छन् । उनले भने- ‘सामान्य चोट मात्र लागेको हो । औला भाँचिएको छ । ग्रह कट्यो । घाँस काट्दा हात काटेजस्तो हो ।’
गायक हमालले कार अलिकति स्लिप खाएर सामान्य दुर्घटना परेको बताएका छन् ।
FACEBOOK COMMENTS