भदौ २४,काठमाडौं ।आज तीज पर्वमा पशुपतिनाथ मन्दिर सून्य रहेको छ । तीजमा बर्त बसी नाचगान,पूजापाठ गरि हिन्दु नारी महिलाहरूले तीज पर्व मनाउँदैछन् तर कोरोनाभाइरस महामारी कायमै रहेको भन्दै भक्तजनलाई पशुपतिनाथ मन्दिर परिसरमा जान दिइएको छैन।
भक्तजनहरू भने बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाअर्चनाका लागि पुगेका थिए भने मन्दिर परिसरमा जान नपाएपछि भक्तजनहरू बाहिरैबाट दर्शन गरेर फर्केका छन्।
महानगरीय प्रहरी वृत्त गौशलाका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले भक्तजनलाई मन्दिर परिसर बाहिरबाटै दर्शन गर्न दिइएको बताए।
FACEBOOK COMMENTS