काठमाडाैँ। राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने भएको छ। राहदानी विभागले सूचना जारी गर्दै सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याउन एक-दुई साता लाग्ने अनुमान गरिएको बताएको हो।
राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कप्युटरमा भाइरस प्रवेश गरेको निष्कर्ष निकाल्दै विभागले त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको स्पष्टीकरण दिएको छ।
राहदानी विभागबाट आंशिक रूपमा भने सेवा प्रारम्भ गरिएको विभागले जनाएको छ। विभागका अनुसार एक-दुई दिनभित्रमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ्ग खुला गरिनेछ। भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र सेवाग्राहीको डाटा सुरक्षित रहेको विभागको भनाइ छ।
FACEBOOK COMMENTS