काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपा माओवादीले मूल्यवृद्धिको विरोधमा गरेको नेपाल बन्दका कारण कयौं यात्रुले सास्ती भोग्नु परेको छ ।
मंगलबारको बन्दका कारण सार्वजनिक सवारी साधनहरू निकै थोरै मात्र चलेका छन् । यस्तै नीजि सवारीसधान पनि चल्न सकेका छैनन् । सार्वजनिक गाडीहरू चल्न नसक्दा गन्तव्यमा जानेहरुलाई समस्या भएको हो ।
बन्दमा कुनै पनि अमानविय घटना नहोस भन्दै उपत्यकाका सबै चोकहरुमा सुरक्षाकर्मीहरूको परिचालन गरिएको छ । प्रहरीका अनुसार विभिन्न स्थानमा बन्द गराउँदै हिडने ५ जनालाई पक्राउ गरेकाे छ ।
FACEBOOK COMMENTS