असोज २०, काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधन (उपत्यका बाहेक) को हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको हो ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक पहिलो सातादेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।
यसका साथै प्रदेश सरकारले काठमाडौं उपत्यकाको हकमा छुट्टै भाडादर लागू गरेको छ । प्रदेशले बढाएको नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने भएको छ ।लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।
उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ भाडा तिर्नुपर्ने छ । यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३० रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।
यसका साथै, प्रदेश सरकाले बढाएको नयाँ भाडादरअनुसार १५ किलोमिटरको दूरीभित्र यात्रा गर्ने यात्रुले २८ रुपैयाँ, १० किलोमिटर भित्र यात्रा गर्ने यात्रुले २३ रुपैयाँ र ५ किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।
समायोजित भाडादर अनुसार अब उपत्यकामा यात्रा गर्ने यात्रुले सबैभन्दा छोटो दूरीमा यात्रा गर्दा कम्तिमा १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।
FACEBOOK COMMENTS