काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुजबाट गुज्रिरहेका ट्यांकरमा आक्रमण गरेको बेलायतले दाबी गरेको छ ।
यूके मेरिटाइम ट्रेड अपरेशन्स (यूकेएमटीओ) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले होर्मुजको जलडमरूमा एउटा ट्यांकरमाथि गोली चलाएको हो ।
यूकेएमटीओले सो घटना ओमानबाट २० माइल उत्तरपूर्वमा भएको बताएको छ । यद्यपि, ट्यांकर र यसका चालक दल सुरक्षित रहेको बताइएको छ ।
यसका साथै तीन स्रोतले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार दुई व्यापारिक जहाजहरूले होर्मुज पार गर्ने प्रयास गर्दा गोली हानाहान भएको छ ।
इरानी मिडियामा होर्मुज बन्द भएको खबर आएपछि धेरै जहाजहरूले यो समुद्री मार्ग त्यागेका छन् र आफ्नो मार्ग परिवर्तन गरेका छन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार सेनाले होर्मुज पुन: नियन्त्रणमा लिएको छ ।
