काठमाडौँ । राहदानी विभागले अन्तरिम अवधिका लागि ३ लाख ९६ हजार थान राहदानी प्राप्त गरेको जानकारी दिएको छ ।
विभागले ७ लाख राहदानी आपूर्तिका लागि भएको सम्झौता अन्तर्गत ३ लाख ९६ हजार थान राहदानी प्राप्त गरेको जानकारी दिएको हो ।
राहदानी आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वितरण गर्ने जनाएको छ । विभागले जिल्ला र इलाका प्रशासन कार्यालयबाट आवेदन दिने आवेदकहरूको हकमा कम्तीमा कार्तिक १५ गतेसम्म आवेदन दिने आवेदकहरूको राहदानी यस अघिकै सूचना अनुसार पठाई सकिएको र मङ्सिर १५ सम्म आवेदन दिने आवेदकहरूको राहदानी छपाई गरी यही पुस १५ भित्र विभागबाट पठाउने व्यवस्था गरिएको जनाएको छ ।
त्यस्तै मङ्सिर १५ गते पछि आवेदन दिने आवेदकहरूको राहदानी साबिक बमोजिम पौष १५ पछि क्रमश: छपाई गरी पठाइने व्यवस्था मिलाइने र विदेश स्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन दिएका आवेदकहरूको राहदानी साबिककै हिसाबमा छपाई गरी पठाउने व्यवस्था मिलाइएको जनाएको छ ।
त्यस्तै राहदानी विभागबाट आवेदन दिन चाहने सेवाग्राहीका लागि माग अनुसार पर्याप्त राहदानी आवेदन स्लट उपलब्ध गराउने व्यवस्था मिलाइएको र साबिककै हिसाबमा सामान्यत: २ कार्य दिन भित्र राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जानकारी दिएको छ ।

FACEBOOK COMMENTS