राहदानी विभागले इलेक्ट्रोनिक पासपोर्ट वितरणको तयारी थालेको छ । व्यक्तिगत डाटाको उच्च सुरक्षासहित वितरण गरिने इ–पासपोर्टले राहदानीका लागि घण्टौ लाइनमा बस्नुपर्ने सेवाग्रहीको बाध्यताको अन्त्य हुनेछ ।
हाल वितरण गरिएको एम आरपी पासपोर्टभन्दा सुरक्षित हुने भएकाले विभागले अत्यावश्यक बाहेक अन्यलाई इ–पासपोर्टका लागि कुर्न पनि आग्रह गरेको छ । राहादानी विभागले कात्तिक अन्तिम साताबाट इलेक्ट्रोनिक पासपोर्ट वितरणको तयारी थालेको छ ।
व्यक्तिगत डाटाको सुरक्षासहित वितरण हुने इ–पासपोर्टमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिने तथा अन्य बायोमेट्रिक विवरण समावेश गरिने विभागको भनाइ छ । यी विवरण राखेर चिप लक गरिसकेपछि सूचना कसैले थपघट वा फेरबदल गर्न नसक्ने भएकाले यो सुरक्षित र भरपर्दो हुने राहदानी विभागले जनाएको छ ।
इ–पासपोर्टका लागि अनलाइनबाटै फारम भर्न सकिने हुँदा फारम बुझाउनकै लागि लाइन बस्नुपर्ने झन्झट पनि हट्नेछ । अनलाइबाट भरेको फारम र डकुमेन्ट प्राप्त भएपछि आफूहरूले छापेर पठाइदिने भएकाले भीडभाड र लाइनको झन्झट नहुने प्रवक्ता पाण्डेको तर्क छ ।
आफूहरूको योजनाअनुसार सबै काम भएमा कात्तिकमा सर्वसाधारणको हातमा इ–पासपोर्ट पुर्याउने विभागको लक्ष्य छ ।
FACEBOOK COMMENTS