काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनः निर्माण हुने विश्वास व्यक्त गरेकी छन् ।
गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको र नेपाल सरकारले यी संरचनाहरुलाई चाँडै पुनः निर्माण गर्ने विश्वास व्यक्त गरेकी हुन् ।पूर्वराष्ट्रपति भण्डारीले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतको क्षतिग्रस्त कार्यालयको अवलोकन गरेकी थिइन् । त्यसअघि पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै कार्यालयहरुको अलोकन गराएका थिए ।


कार्यालय अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेकी थिइन् ।पूर्व राष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको अवलोकन गरेकी हुन् । त्यस्तै उनले रेक्ट्रोफिटिङ्ग कार्य भइरहेको सिंहदरबार ग्यालरी बैठक भवनको पनि अवलोकन गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीको साथमा सञ्चारमन्त्री खरेल, प्रधानमन्त्री कार्यालयका सचिव, गृहमन्त्रालयका सचिवलगायत सहभागी थिए ।

FACEBOOK COMMENTS