पोखरा मंसिर १५ , डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा जिल्ला अदालतले एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । जुम्ला घर भइ अहिले पोखरा बस्दै आएका पास्टर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ का महिलालाई जबरजस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै जिल्ला न्यायाधीश केशवराज चपाईँको इजलासले सजाय सुनाएको हो ।
गएको वर्ष आचार्यले महिलाको उपचार गर्ने भन्दै फोटो भिडियो खिचेर प्रचारप्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो ।
उनलाई मुलुकी फौजदारी संहिताको दफा १५८ को उपदफा १, २ र ३ अनुसार अदालतले सजाय सुनाएको हो ।
आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पास्टर हुन् । उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ
FACEBOOK COMMENTS