ललितपुर । पाटन पर्यटन विकास संस्थाको अध्यक्षमा कृष्णलाल महर्जन सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न ३१औं साधारणसभाले अध्यक्षमा महर्जनलाई सर्वसम्मत निर्वाचित गरिएको हो । प्रतिनिधि सभाका सदस्य जगदीश खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाले स्थापना कालदेखि नै पाटनलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने तथा यहाँका सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संस्थाको निबर्तमान अध्यक्षमा दिलेन्द्र राज श्रेष्ठ, उपाध्यक्षमा सत्यरत्न शाक्य, महासचिवमा मोहन ब्यन्जनकार, कोषाध्यक्षमा सरिता अवाले र सहसचिवमा सगुन धाख्वा निर्वाचित भएका छन् ।
कार्य समिति सदस्यहरुमा लक्ष्मणकृष्ण राजभण्डारी, सन्तमान महर्जन, सुशील बज्राचार्य, युविका भण्डारी, अनिल शाक्य, धर्मराज शाक्य र डा रोहित कुमार रञ्जितकार निर्वाचित भएका छन् ।
महर्जन ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य सदस्य हुन् ।