काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा आईपीओ र क्रेडिट रेटिङको बाटोकार्यक्रम सम्पन्न भएको छ।
गत मंसिर ५ गते नेपाली युवा उद्यमी मञ्च को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उद्यमी व्यवसायीहरूलाई सेयर निष्कासन आईपीओ प्रक्रिया तथा क्रेडिट रेटिङबारे मार्गदर्शन दिने उद्देश्यका साथै सर्वसाधारणहरूमा वित्तीय साक्षरता अभिवृद्धि गने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
एनवाईईएफ चितवनका अध्यक्ष तथा एफ.सी।ए.निशान पौडेलले अतिथिहरूलाई स्वागत गरेका थिए । उनले नयाँ उद्यमीका लागि क्षमता अभिवृद्धि कार्यक्रमको महत्व माथि प्रकाश पारेका थिए ।
एनआईएमबी एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुँगानाले आईपीओका लागि रणनीतिक योजना सम्बन्धी महत्वपूण वर्कशप सञ्चालन गरेका थिए ।

कम्पनीहरूले आईपीओका लागि कसरी तयारी गर्ने, सूचीकरणका लागि उचित योजना किन आवश्यक पर्छ, नेपालको वर्तमान आईपीओ बजार अवस्था र उद्यमीहरूले प्राय: गर्ने सामान्य गल्तीहरूबारे विस्तृत जानकारी गराएका थिए ।

पायोनियर ल फर्मका व्यवस्थापकीय साझेदार अनुपराज उप्रेतीले सार्वजनिक निष्कासनका लागि कानुनी पक्षहरूको विस्तारमा प्रकाश पारे । सार्वजनिक निष्कासनतर्फ अघि बढ्दा कम्पनीहरूले बुझ्नैपर्ने प्रमुख कानुनी प्रावधान, नियामकीय प्रक्रिया र अनिवार्य अनुपालनाका उपायहरूबारे स्पष्ट पारे ।

यसैगरी, केयर एज रेटिङस् नेपालका प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झाले क्रेडिट रेटिङको दृष्टिकोणबारे आफ्नो प्रस्तुती दिएका थिए । कम्पनीको वित्तीय सबलता र सुशासन अभ्यासले क्रेडिट

रेटिङमा कसरी ठूलो प्रभाव पर्छ र लगानीकर्ताको विश्वास तथा बजार धारणाबारे धारणा राखेका थिए । चितवनका उद्यमीहरूले यस कार्यक्रमबाट लाभ लिएको आयोजकले जनाएको छ ।


FACEBOOK COMMENTS