काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिवको फणि पाठक रिहा भएका छन् ।
संविधान विपरीतका गतिविधि गरेको भन्दै पक्राउ परेका पाठक रिहा भएका हुन् ।
पूर्वराजा शाहको सचिवालयमार्फत श्री ५ महाराजधिराज जस्ता शब्दहरू प्रयोग भएको र यो नेपालको संविधानविपरीत भएको भन्दै पाठकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको थियो ।
पूर्वराजा शाहका नाममा उनको सचिवालयले जारी गर्ने गरेका लिखित सूचना, जानकारी तथा सन्देशहरूमा श्री ५ महाराजधिराज शब्द प्रयोग हुँदै आएका छन् । उनले अब ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने भनेर कागज गरेर रिहाइ गरेको प्रहरीले जनाएको छ ।
उनी पूर्वराजा शाहको संवाद सचिवको रुपमा कार्यरत छन् ।
FACEBOOK COMMENTS