काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा आज वार्ता हुने भएको छ । सोमबार राति भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएको थियो ।
वार्ता नसकिएको भएर आज पुन बस्न लागेको हो । मङ्गलबार बिहान ११ बजे पुनःवार्ता बस्ने गरी सोमबारको बैठक स्थगित भएको सरकारी वार्ता टोलीका संयोजक तथा सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन ।
सोमबारको वार्ता सकारात्मक भएको तर कुनै निष्कर्ष निस्किएको छैन । वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएका जनाइएको छ ।
FACEBOOK COMMENTS