काठमाडौं । नयाँ धितोपत्र दलाल व्यवसायीहरुको छातासंगठन धितोपत्र ब्रोकर एसोसिएसनले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरुले धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिक्षण विनियमावली, २०७९ मा रहेको केही विषयहरुप्रति असन्तुष्ट जनाउँदै हमाल समक्ष ज्ञापनपत्र बुझाएका हुन् । उक्त विनियमावलीमा समावेश भएका केही कुराहरु वर्तमान पुँजी बजारलाई थप नकारात्मक बनाउने तथा बजार विस्तारमा बन्देज हुने खालको रहेको भन्दै संशोधनको माग गरेका छन् ।
उक्त विनियमावलीको विनियम २७ को उपविनियम ३ मा ब्रोकरहरुलाई हालको ३ दिन निलम्बन गर्ने व्यवस्थालाई संशोधन गरी ३ दिनबाट १५ दिन बनाउने व्यवस्था रहेको व्यवस्थालाई संशोधनको माग गरेको छ । ‘यसरी १५ दिनसम्म निलम्बनमा पर्दा त्यसमा आबद्ध लगानीकर्ताहरुलाई यसबाट ठूलो मर्का पर्ने देखिएको हुँदा सोव्यवस्थालाई खारेज गर्नुपर्छ, ज्ञापन पत्रमा भनिएको छ, ‘कम्पनी वा कम्पनीका पदाधिकारीहरुलाई नगद जरिवाना गर्ने व्यवस्था लागू गर्न माग गरिएको छ ।’
त्यस्तै, सदस्यदलाल कम्पनीमा आबद्धहरुले आफ्नो तथा परिवारको नाममा सेयर कारोबार गर्नुपूर्व नेप्सेबाट पूर्व स्वीकृति लिएर मात्रै कारोबार गर्ने व्यवस्थालाई पूर्ण रुपमाखारेजी गर्न माग गरेका छन् । सदस्य दलाल कम्पनीका सेयरधनी, कर्मचारी तथा परिवारहरुलाई आफ्नै कम्पनीबाट मात्रै कारोबार गर्ने व्यवस्था मिलाएमा यसबाट नियामकनिकायहरुलाई समेत नियमन तथा सुपरिवेक्षण कार्यमा सहयोग पुग्ने अपेक्षा एसोसिएनले गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
साथै, लगानीकर्ताहरु क्लोज आउटको मारमा परी २०५ जरिवाना भुक्तानी गर्नुपर्ने बाध्यतामा रहेको बताउँदै यसलाई व्यवस्थित गर्न तथा क्लोज आउटको समस्यालाई निराकरण गर्न नियमित बजार अवधि पछि न्यूनतम ३० मिनेटको अक्सनमार्केट सञ्चालन गर्न माग गरेका छन् ।
FACEBOOK COMMENTS