पोखरा— पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा असर परेको छ। उनलाई पोखरास्थित गण्डकी अस्पतालमा प्रारम्भिक उपचार प्रदान गरिएको छ।
अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उपप्रधानमन्त्री पौडेल आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
FACEBOOK COMMENTS