काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेको पाँचखालस्थित पलान्चोक भगवतीको पूजा गरेका छन् ।
बडादशैंका अवसरमा महाअष्टमीको दिन राष्ट्रप्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ ।
बडा दसैंका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ स्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ ।
पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वीसंवत् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई दुर्गा भगवतीको जेठी दिदीको रुपमा समेत लिने गरिन्छ छ ।
FACEBOOK COMMENTS