पोखरा । अभिनेता पल शाह रिहा भएका छन् ।
उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका छन् । पलका समर्थकहरुले फुलमाला लिएर स्वागत गरेका छन् । शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।
नाबालिग बलात्कार आरोप लागेका शाहले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । रिहा भएसँगै उनकी बहिनी रोशनी शाहले पललाई अगाँलो हालेर रोएकी थिइन् ।
FACEBOOK COMMENTS