काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कोरोनाका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै पुगेर दाबी भुक्तानी गरेको हो ।
ज्योति लाइफ इन्स्योरेन्समा ज्योति थ्री ट्वेन्टी धनवहार जीवन योजनाअन्तर्गतको बिमालेख शुरू गरेका महर्जनको यही जेठ १ गते मुत्यु भएको थियो ।
महर्जनको मृत्युपछि कम्पनीले सम्पूर्ण प्रक्रिया पूरा गरी २० लाख रुपैयाँ मृतकको घरमै गएर श्रीमतीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS