काठमाडौं । प्रहरीले बाटोमा हिँडिरहेको मान्छेलाई कारबाट निस्किएर मुक्का हान्ने ब्यक्तिको खोजी सुरु गरेको छ ।
सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रुलाई कुटेको भिडियो मंगलबार बिहानदेखि भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको हो ।
सार्वजनिक भएको भिडियामो साझा यातायातको बससमेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाकै रहेको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको बताए । सयौं सामाजिक प्रयोगकर्ताले सो भिडियो उपत्यका ट्राफिक प्रहरीलाई मेन्सन गर्दै कारबाहीको माग गरेका छन् ।
त्यसपछि मात्र प्रहरी तातेको हो । कारबाट झरेका व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि अर्को एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ । ती महिलाले औंलो ठ्डयाउँदै गाली गरिरहेकी छन् । पैदलयात्रुकै कारण आफ्नो कार गुड्न अवरोध भएको भन्दै उनीमाथि कार चालकले हातपात गरेका हुन् ।

FACEBOOK COMMENTS