काठमाडौं । काठमाडौं पोड–वे कम्पनीले आगामी आर्थिक वर्ष २०८०/८१ बाट लुम्बिनीमा माइक्रो रेल (पोड वे) बनाउने योजना बनाएको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गर्दै कम्पनीले पोड–वे बनाउने योजना अघि सारेको हो ।
काठमाडौं पोड–वे कम्पनीका अनुसार लुम्बिनीमा करिब ६ किलोमिटर पोड–वे बनाउने तयारी छ । लुम्बिनीमा पोड–वे बनाउनको लागि योजना आयोग र पुरातत्त्व विभागमा प्रस्ताव पेस गरिएको कम्पनीका उपाध्यक्ष निल भट्टराईले बताए ।
भट्टराईका अनुसार सो ठाउँमा पोड–वे बनाउनको लागि हाल सरकारी निकायमा प्रस्ताव पेस गर्ने, सम्बन्धित निकायबाट स्वीकृति लिने जस्ता आवश्यक गृहकार्य भइरहेको छ । पोड–वे एक ठाउँबाट अर्को ठाउँमा सहज तरिकाले पु¥याउने कम्प्युटरमार्फत नियन्त्रित विद्युतीय यातायात हो ।
युरोपियन स्ट्याण्डर्डमा पोड–वे बनाउँदा प्रति किलोमिटर ३ मिलियन डलर खर्च छुन्छ । अर्थत् ३० लाख अमेरिकी डलर नेपाली करिब ४० करोड रुपैयाँ हुन जान्छ । लुम्बिनीमा ६ किलोमिटर पोड–वे बनाउँदा साड दुई अर्ब रुपैयाँ लाग्ने पनि भट्टराई ले बताए ।
पोड–वेबाट एकैपटक २ देखि ४२ जनासम्मले यात्रा गर्न सकिने उनको भनाइ छ । योजना आयोगले स्वीकृति दिएपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने योजना रहेको पनि भट्टराईले सुनाए ।
‘आयोगले स्वीकृति दिएपछि पहिलो काम लुम्बिनीमा हुन्छ । सरकारी निकायसँग यस प्रविधिको नीति नियम नहुनाले काम अगाडी बढाउन सकेनौं । लुम्बिनीमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेपछि मात्र काम अगाडी बढाउँछौं । आगामी वर्षबाट काम अगाडी बढाउने हाम्रो लक्ष्य छ,’ उनले भने ।
पोड वे नयाँ प्रविधि भएकाले यसको विकास गर्ने नीति नियम नहुँदा कम्पनीलाई काम अगाडी बढाउन सकस परेको पनि भट्टराईले जानकारी दिए । उनका अनुसार पोड–वे लगानी सुनिश्चित छ भने विदेशी लगानीमा पोड–वे बन्ने छ ।
भट्टराईले पोड–वे निर्माण भई सञ्चालनमा आए मास ट्रस्पोटेशनको जगतमा नयाँ आयाम दिन कुरा पनि उल्लेख गरे । कम्पनी एक मात्र नभई विभिन्न ठाउँमा यस प्रोजेक्टको काम विभिन्न अगाडी बढाउने योजना बनाएको छ ।
यद्यपि अहिलेसम्म काम अगाडि बढेको छैन । कम्पनीले आफ्नो पहिलो काम लुम्बिनीबाट सुरुवात गरी क्रमशः देशव्यापी विस्तार गर्ने योजना छ ।
FACEBOOK COMMENTS