काठमाडौं । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदानको पैसा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै लिन चाहेको रकम, ब्याजदरसहित प्रस्ताव आह्वान गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो।
२०८१ कात्तिक १३ देखि २०८२ कात्तिक १२ गतेसम्मका लागि राख्न लागिएको उक्त मुद्दती निक्षेपमा लिन चाहने बैंक तथा वित्तीय संस्थाले यही कात्तिक २ गते ७ बजेभित्र प्रस्ताव पेश गर्नुपर्नेछ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४ अर्ब २४ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ७९ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गमा फाइनान्स कम्पनीमा २६ करोड ५५ लाख रुपैयाँ निक्षेप लगानी गर्न प्रस्ताव माग गरेको हो ।
यो निक्षेप लिन राष्ट्र बैंकले १२ वटा शर्त राखेको छ । उक्त शर्तअनुसार बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुगेको, न्यूनतम पुँजी कोष कायम भएको निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएको, अघिल्लो आर्थिक वर्षमा खुद नाफामा रहेको, व्याजदर प्रस्ताव गर्दा एक भन्दा बढी दर (बहुदर) उल्लेख गर्न नपाइने लगायत सर्त राखिएको छ ।
FACEBOOK COMMENTS