काठमाडौं । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित ९ जनाविरुद्ध भ्रषटाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिका २ स्थित गौरदाहादेखि लखौरीसम्म सडक निर्माण कार्यमा कामै नगरी रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी र जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि., तथा जनकपुर टुडे
धनौजी गाउँपालिकाले आ.व. २०७८/०७९ मा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तर्गत पुँजीगत खर्च अन्तर्गत धनौजी गाउँपालिका गौरदाहा देखि लखौरीसम्म बाटो (सडक) निर्माण कार्यको सूचना र आशयको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सूचना लुकाउने उद्देश्यले आरोपीहरूको मिलेमतोमा तथा योजनामा सूचना प्रकाशन नगरी अभिलेखमा राख्ने गरी जनकपुर टुडे राष्ट्रिय दैनिकको पत्रिकाको एक प्रतिमा मात्र प्रकाशित गरेका अख्तियारको ठहर छ।
सो बोलपत्र आब्ह्वान र बोलपत्र आशयको सूचना धनौजी गाउँपालिकामा पेस गरी गराई सोही झुट्टा विवरणसहितको पत्रिकाको आधारमा दुई लाख ४९ हजार ५०४ रूपैयाँ भुक्तानी दिए लिएको देखिएको पाइएको छ।
यसैगरी धनौजी गाउँपालिका गौरदाहा देखि लखौरीसम्म बाटो (सडक) निर्माण कार्य योजनामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीसमेतका कर्मचारीहरू एवं साइन कन्ट्रक्सन धनुषाका प्रोप्राइटर विकास प्रसाद यादव, एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि. का प्रोप्राइटर राम नारायण साह र एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि.का असिस्टेन्ट सब इन्जिनियर शुभाष कुमार महरासमेतको मिलेमतोमा बदनियत राखी कुनै काम नै नगरी झुट्टा प्राविधिक बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरेको अनुसन्धानमा खुलेको छ।

यसरी उनीहरूले २४ लाख १५ हजार १२० रूपैयाँ साइन कन्ट्रक्सनलाई भुक्तानी दिए लिएको पाइएको अख्तियारको ठहर छ।