काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि मतदान एकदमै सुस्त भएको छ ।
मतदान सुरु भएको ६ घण्टामा साढे ६ सय मात्रैले मतदान गरेको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए । जुन २२६३ महाधिवेशन प्रतिनिधिको २९ प्रतिशत हाराहारी मत हो ।
यस अनुपातका आधारमा भोलि बिहान नभई मतदान नसकिने स्थिति देखिएको छ । बुधबार बिहान साढे ९ बजेदेखि सुरु भएको थियो ।
यसअघि १ बजेसम्म आयोगले ५ सय हाराहारी मत खसेको जानकारी दिएको थियो । तर पछिल्लो अपडेट अनुसार एक घण्टामा एक सय हाराहारी अनुपातमा मात्रै भोट खसेको आयोगको भनाइ छ ।
FACEBOOK COMMENTS