काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताएका छन् ।
प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा शुक्रवार आयोजित र्यालीलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । उनले मुलुकको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उनको भनाइ थियो । अध्यक्ष ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न गरे। उनले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाए पनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गरे । क्षेत्र नंं. ५ मा पर्ने कमल गाउँपालिकाको वडा नं. ५ को वसन्त चोकदेखि सुरु भएको विजयी र्यालीमा सहभागी हुँदै उनी सिमावर्ती गौरीगञ्ज सम्म पुगेका हुन् ।
FACEBOOK COMMENTS