धनगढी । धनगढीको भाटभटेनी सुपर मार्केटमा सञ्चालित पेपे पिज्जा रेष्टुरेन्टलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
पेपे पिज्जाले बजार मूल्य भन्दा झण्डै दोब्बर मूल्यमा पानी र पेय पदार्थ बिक्री गरेकाले जरिवाना गरेको विभागका सूचना अधिकारी ललित पन्तले जानकारी दिए ।
उनकाअनुसार धनगढीकै जलसा होटल र रोस्यो घर हस्पिटालिटीलाई पनि विभागले दुईरदुई लाख जरिवाना गरेको छ ।
उनीहरुले पनि पानी र पेय पदार्थमा बढि मूल्य लिएको पाइएपछि जरिवाना गरिएको पन्तको भनाइ छ ।
FACEBOOK COMMENTS