काठमाडौं । माउण्टेन ड्युले आफ्नो मूल मन्त्र ‘डरको अगाडि जित छ’लाई व्यक्त गर्दै ग्रीष्मकालीन प्रचार अभियान सुरू गरेको छ ।
प्रचार अभियानलाई नेपाली चलचित्रका नायक अनूप बिक्रम शाहीले साथ दिएका छन् । रोमाञ्चकारी स्टन्ट र रोचक कथासारले उपभोक्ताहरूलाई एक अविस्मरणीय अनुभूति प्रदान गर्नेगरी अभियान सुरू गरिएको हो ।
अभियानमा जोडिएका अनूप बिक्रम शाहीले माउन्टेन ड्युले विगतका दिनहरूदेखि नै व्यक्त गर्दै आएको ‘डरको अगाडि जित छ’ भन्ने मूल मन्त्रलाई नै विशेष जोड दिएका छन् । यो अत्यन्त रमाइलो प्रचार अभियान एक टीभी विज्ञापनको साथमा आएको छ, जसमा भएको रोमाञ्चकारी स्टन्टहरू र आकर्षक कथासारले उपभोक्ताहरूलाई बाँधिरहने विश्वास कम्पनीको छ ।
पकड राखिराख्ने फिल्म एउटा गोदामबाट आँधी तुफान चलेसङै सुरू हुन्छ भने यो परिस्थितिबाट अञ्जान साथीहरूको एक समूह मस्त भएर क्याम्पिङको मज्जा लिइरहेका हुन्छन् । यसै बीच अनूप बिक्रम शाहीको प्रवेश हुन्छ, जसले आफ्नो दूरबिनको सहायताले तीव्र गतिमा बढिरहेको अाँधी र त्यसको चपेटामा पर्न गइरहेका आफ्ना साथीहरूलाई देख्छन् ।
भयँकर आँधी, आगो र अवशेषहरूलाई बेवास्ता गर्दै माउण्टेन ड्युको एक सिप लिएर निडर बन्दै शाहीले आफ्ना साथीहरूलाई त्यस विपत्तिबाट जोगाउँछन् अनि जोशिलो स्टन्टसंगै आँधीको मार्ग पनि बदलिदिन्छन् । यो भयावहपूर्ण परिस्थितिको निष्कर्षले अन्त्यमा फेरि एकपटक माउण्टेन ड्युको ‘डरको अगाडि जित छ’ भन्ने मूल मन्त्रलाई मजबुत गरिदिएको छ । यी साहसिला दृश्यहरू शक्तिशाली एसएफएक्सद्वारा दर्शाइएको छ भने प्रेरणादायी गीतमा चर्चित नेपाली गायक तथा गीतकार धर्मेन्द्र सेवानले स्वर दिएका छन् ।

अभियानको बारेमा आफ्नो धारणा व्यक्त गर्दै पेप्सीको नेपालका एशोसिएट डाइरेक्टर अनुज गोयलले भने, ‘माउन्टेन ड्युको प्रतिष्ठित मूल मन्त्र ‘डरको अगाडि जित छ’लाई अनूप बिक्रम शाहीको साथमा एक आनन्ददायक ग्रीष्मकालीन अभियानसँगै फेरि सुरू गर्न पाउँदा हामी अत्यन्त उत्साहित भएका छौं । हामी विश्वस्त छौं कि बाँधेर राख्ने कथासार र मुटुको ढुकढुकी बढाउने स्टन्टहरू भएको टीभी विज्ञापन नेपाली युवाहरूसँग जोडिनेछ र माउन्टेन ड्युको चुस्किमा रमाउँदै उनीहरू भित्रको डरलाई भगाएर यो गर्मी यामको मज्जा लिन जोड दिनेछ ।’

अनूप बिक्रम शाहीले अभियानको बारेमा टिप्पणी गर्दै उनले थ पभने, ‘माउण्टेन ड्युसँग सहकार्य गर्न पाउनु र अर्को सिजनको लागि पनि ड्युको मूल नारा ‘डरको अगाडि जित छ’लाई साकार गर्न पाउनु वास्तवमै मेरो लागि सम्मानको कुरा हो । माउन्टेन ड्युको एक्सनले भरिपूर्ण दृश्यहरू छायाँकनले मभित्र अदम्य साहसहरू भरिएका छन्, जुन मेरो व्यक्तित्वसँग पनि दुरुस्त मेल खान्छ । सधैंं जसो नेपाली युवाहरूसँग यो यात्रा साझा गर्दै उनीहरूलाई उनीहरूको डर भन्दा अगाडि बढाउन र जितलाई आत्मसात गर्न प्रेरित गर्न पाउँदा म अत्यन्त उत्साहित छुँ ।’

नयाँ माउण्टेन ड्युको प्रचार अभियान र विज्ञापन टीभी च्यानलहरूलगायत डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरूमा व्यापक रूपमा सञ्चालन गरिने बताइएको छ । माउन्टेन ड्युको एकजना वा धेरैलाई पुग्ने सर्भ प्याकहरू आधुनिक एवम् परम्परागत खुद्रा पसलहरूका साथसाथै अग्रणी ई–कमर्स प्लेटफर्महरूमा पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।