काठमाडौँ। पेप्सोडेन्ट नेपालले विश्व मौखिक स्वास्थ्य दिवस २०२५ को अवसरमा देशभरका विभिन्न समुदायलाई लक्षित गरी प्रभावकारी कार्यक्रम र डिजिटल अभियानहरू सञ्चालन गरेको छ। कम्पनीले दन्त स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंग मान्दै यसको चेतना फैलाउने अभियानलाई तीव्रता दिएको छ।
पेप्सोडेन्ट नेपालले डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन अफ नेपाल (डिएसएचएएन) सँगको सहकार्यमा मार्च १८ मा १,८०० भन्दा बढी ट्राफिक प्रहरीलाई निःशुल्क दन्त जाँच प्रदान गरी दन्त स्वास्थ्य किट वितरण गरेको थियो। त्यस्तै, विश्व मौखिक स्वास्थ्य दिवसको दिन पोखरामा ‘तेस्रो अन्तर्राष्ट्रिय ओरल हेल्थ समिट २०२५’ आयोजना गरिएको छ। साथै, नेपालका विभिन्न प्रदेशका दुर्गम क्षेत्रमा बसोबास गर्ने मुसहर, राउटे, र चेपाङ जस्ता विपन्न आदिवासी समुदायलाई निःशुल्क दन्त परीक्षण र दन्त स्वास्थ्य किट वितरण गरिएको छ।
यसबाहेक, पेप्सोडेन्ट नेपालले गत वर्षदेखि निरन्तरता दिएको ‘ब्रस एन्ड ग्रुभ’ डिजिटल अभियानलाई यस वर्ष पनि सञ्चालन गरेको छ। यो अभियानमा मानिसहरूलाई आफ्ना मनपर्ने गीतमा नाच्दै खुसीसाथ दाँत माझ्न प्रोत्साहित गरिएको छ। सामाजिक सञ्जालका प्रभावशाली इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटर्सको सहभागितामा यो अभियानले हालसम्म १० लाखभन्दा बढी रिच र २० लाखभन्दा बढी इम्प्रेसन हासिल गरेको छ।
पेप्सोडेन्ट नेपालले हरेक समुदाय र वर्गमा दन्त स्वास्थ्यको महत्त्व प्रवर्द्धन गर्न आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।