काठमाडौँ । निर्वाचन आयोगले देशभर उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएको छ ।
आयोगले दिउँसो १२ बजेसम्म देशभर करिब १८ प्रतिशत मतदान भएको जानकारी दिएको छ । देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको छ ।
यस निर्वाचनमा देशभर ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० सहित कुल एक करोड ८९ लाख३ हजार ६८९ मतदाता रहेका छन् ।
FACEBOOK COMMENTS