मोरङ । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरूवा चोकबाट स्रोत नखुलेको नगद ६ लाख ४९ हजार ५ सय रूपैयाँसहित सोही महानगरपालिका–१८ बस्ने ३९ वर्षीय रबि प्रकाश साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२४ प ७९८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS