काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन गर्न प्रधानमन्त्रीले निर्देशन दिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मुख्यसचिव, वाणिज्यसचिवसहित आज भएको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आमजनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्यमा घटाउन निर्देशन दिएका हुन्।
FACEBOOK COMMENTS