काठमाडौँ । भारत सरकारले इन्धन संकटका बीचमा पेट्रोल र डिजेलमा लाग्ने उत्पादन कर घटाएको छ ।
कच्चा तेल संकटबीच आम उपभोक्ता र तेल कम्पनीलाई राहत दिन यस्तो निर्णय गरिएको बताइएको छ ।
भारत सरकारले पेट्रोलमा प्रति लिटर १३ भारु रहेको शुल्क १० रुपैयाँ घटाएर अब ३ रुपैयाँ कायम गरेको छ भने डिजेलमा रहेको प्रति लिटर १० रुपैयाँ उत्पादन शुल्क पूर्ण रूपमा हटाएर शून्य बनाइएको छ ।
सरकारको यो निर्णयले तेल कम्पनीहरूको आम्दानी सन्तुलनमा सुधार आउने र बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न नदिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS